गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति

214
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/gautam_adani-768×461.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/gautam_adani-770×463.webp 770w, arthasanjal.com/wp-content/uploads/2022/09/gautam_adani.webp 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो हैसियत गुमाएका छन् । भारतीय व्यापार मुगल गौतम अडानी ब्लुमबर्गको अरबपति सूचांकमा द्रुत रूपमा उक्लने क्रममा बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन् ।

पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो । अडानीको कूल  सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ । उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि छन् । मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ ।

गौतम अडानी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् ।  उनले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए । अडानी समूहले कोइला व्यापार, खनन, तेल तथा ग्यास अन्बेषण, बिजुली उत्पादन र वितरणमा फैलिएको कारोबार सम्हाल्दै आएको छ ।

कमेन्ट गर्नुहोस्