नेपालको संसद प्रवेश गर्न खोज्दै भारतीय ‘एजेन्ट’

240
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/12/nepali-Congress.jpg 762w” sizes=”(max-width: 500px) 100vw, 500px” />

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरु यतिबेला कसरी जित आफ्नो पोल्टामा पार्न सकिन्छ भनेर दाउ हेर्दै तीव्र तयारीमा छन् । निर्वाचन आयोगले आगामी आइतबार र सोमबार ९असोज २ र ३ गते० समानुपातिकतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची पेश गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । त्यसका लागि सबैजसो दलहरु समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्न लागिपरेका छन् ।

तल्लो तहमै सर्वसहमत भएका उम्मेदवार निक्कै कम छन् । जसकारण धेरै आकांक्षी देखिएका ठाउँबाट पार्टीका तल्लो कमिटीले सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेका छन् । नाम सिफारिस भइसकेपछि यतिबेला टिकट हात पार्न माथिल्लो तहमा उम्मेदवारका आकांक्षीहरु पनि लबिङ व्यस्त छन् । उनीहरुले नेतृत्वलाई रिझानउ जोडतोडले लागिपरेका छन् ।जिल्लाबाट नाम सिफारिस भइ चौतर्फी लविङको चटारोमा रहेका एक आकांक्षी सन्दीप राना पनि हुन् । जो पाल्पा निर्वाचन क्षेत्र नं। १ बा कांग्रेसको समानुपातिक सूचीमा परेका व्यक्ति हुन् । पाल्पाबाट कांग्रेस महासमिति सदस्य रहेका उनी अहिले टिकटमा बाजी मार्न बालुवाटारमा निक्कै सक्रिय छन् ।

चुनाव नजिकिँदै गर्दा नेताहरुको यस्तो सक्रियतालाई स्वभाविक रुपमा लिइए पनि सन्दीपको चुरीफुरीलाई भने पार्टीकै नेताहरुले अस्वभाविक रुपमा अथ्र्याएका छन् । कारणः आवरण्मा उनी कांग्रेस नेता भए पनि, भारतीय गृहमन्त्री अमित साहका सचिवालयमा कार्यरत कर्मचारी हुन् । जिल्लाबाट पार्टीमा लामो सयम योगदान दिएका नेताकार्यकर्तालाई उछिनेर सिफारिस सूचीमा अटाएका उनी केन्द्रबाट पनि अनुमोदन भएर प्रतिनिधिसभा प्रवेश गरे भने समग्र मुलुककै लागि यो घातक हुन सक्ने कांग्रेसकै नेताहरुको विश्लेषण छ ।

‘भारलते आफ्ना एजेन्टहरुलाई कांग्रेसको समानुपातिक सूचीमा अटाएर टिकटका लागि लविङ गराइरहेको छ’, कांग्रेसकै एक नेता भन्छन्, ‘नेतृत्वलाई यसबारे कम जानकारी हुनसक्छ । तर यसले गर्दा देशको सर्वाभौमिकता र भौगोलिक अखण्डता जस्ता विषयमा खतरा पैदा हुन सक्छ भने पार्टीका लागि पनि राम्रो हुँदैन ।’ भारतले नेपाली भूमि मिच्दा पनि सांसद नेताहरुले बोल्न डराइरहेका बेला भारतले खुलमखुला संसदभित्रै एजेन्ट प्रवेश गराउनने गरी परिचालन गरेको उनले बताए ।

‘विगतमा हामीले सुनिन्थ्यो, नेपालको मन्त्रिपरिषद्मै भारतीय रादूतावासका प्रतिनिधि सहभागी हुन्थे रे । अहिले फेरि संसदभित्र भारतीय एजेन्ट प्रवेश गरे भने हाम्रो अवस्था के हुन्छ रु’, उनी प्रश्न गर्छन् । ती नेताका अनुसार सन्दीपले आफूलाई नेपाल–भारत सम्बन्धको व्याख्यायता दाबी गर्छन् ।

नेपालको सार्वभौमिकतासँगै पार्टीमासमेत यसले फाटो ल्याउने उनी बताउँछन् । ‘पार्टीमा वर्षौंदेखि योगदान गरेका नेता–कार्यकर्ताहरु छन्’, ती कांग्रेस नेता भन्छन्, ‘पार्टीमा अलिकति पनि योगदान नदिएका सन्दीपलाई टिकट दिँदा अग्रज नेता तथा कार्यकर्तामा निराशा छाउँछ ।’ सन्दीप रानालाई कांग्रेसले टिकट दिँदा पार्टी र देश दुवैका लागि घातक हुने उनी बताउँछन् ।

कमेन्ट गर्नुहोस्