प्रभु बैंकले ल्यायो बार्षिक १५.१३% ब्याज दिने योजना

270
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/parbu-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/parbu-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/parbu.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी नयाँ खाता योजना ल्याएको छ ।  बैंकका अनुसार विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३% र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३% ब्याजदर प्रदान गरिने  छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको जनाएको छ ।

बैंकका अनुसार यो योजना आगामी असोज ०१, २०७९ देखि लागु हुनेछ ।

कमेन्ट गर्नुहोस्