भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य

244
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22-768×461.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22-770×463.jpeg 770w, arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22.jpeg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

भारतबाट पेट्रोलिय पदार्थका मूल्य फेरि घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ। पेट्रोलमा मूल्य घटेसँगै निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ। शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो ।

डिजेलमा भने प्रतिलिटर ४४ पैसामा मात्र घटेर आएको छ। नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ ।

कमेन्ट गर्नुहोस्