सुन तोलामा ३०० रुपैयाँले घट्यो,चाँदीको मूल्य बढ्याे

211
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/11/gold-sun-chadi_20200621105645-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/11/gold-sun-chadi_20200621105645.jpg 810w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन  ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।

कमेन्ट गर्नुहोस्