सिक्लेस हाइड्रोपावरको आईपीओमा ३.१४ गुणा बढी आवेदन

202
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/10/ipo-3-768×470.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/ipo-3.jpg 800w” sizes=”(max-width: 490px) 100vw, 490px” />

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि  पहिलो दिनमै ३.१४ गुणा बढी आवेदन परेको छ ।  जसमा  २ लाख ९० हजार ८२७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साझ ५ बजेसम्म यी आवेदकहरूबाट ३३ लाख २३ हजार २८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ३ दशमलव १४ गुणा बढी आवेदन हुन आउछ ।

कम्पनीले १० लाख ५८ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको शेयर सहित सर्वसाधारणमा कर्मचारी समेत गरी कुल ११ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र वेवसाइट मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ  ।

 

कमेन्ट गर्नुहोस्