
सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिफल घोषणा गरिएको छ।
योजना व्यवस्थापक सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
यो योजनाका इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ। जसअनुसार इकाइधनीहरुलाई कुल २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।
यो योजनाको आकार १ अर्ब ३० रुपैयाँबराबरको छ।
यस योजनाको प्रतिफल वितरणार्थ बुक क्लोजसम्बन्धी जानकारी भने पछि सूचना प्रकाशित गराइने क्यापिटलले जनाएको छ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/larbha-1-1024×582.jpg 1024w, 






