प्रभु बैंक र नेपाल एलपी ग्यास उद्योग संघबीच बैंकिङ सेवा विस्तार गराउने सम्झौता

203
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1662981917image-768×345.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1662981917image.jpg 823w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रभु बैंक लिमिटेड र नेपाल एलपी ग्यास उद्योग संघबीच आज भदौ २७ गते बैंकिङ सेवा विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एलपी ग्यास उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकले संघमा आबद्ध सदस्यहरुलाई नेपाल आयल निगमबाट एलपी ग्यास खरिद र ढुवानी प्रयोजनका लागि पर्चेज डेलिभरी अर्डर जारी गर्न  गैरकोषमा आधारित बैंक जमानत कर्जा एवं अन्य सुविधाहरु उपलब्ध गराउनेछ। यसका साथै संघका सम्पूर्ण सदस्यले प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापश्चात संघका सदस्यहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

कमेन्ट गर्नुहोस्