त्रिशूली जलविद्युतको सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने

178
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/uthep-3b.jpeg-1024×657.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/uthep-3b.jpeg-768×492.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/uthep-3b.jpeg-1536×985.jpeg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/uthep-3b.jpeg.jpeg 2048w” sizes=”(max-width: 468px) 100vw, 468px” />

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कार्तिक तोकिएको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्म एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, ०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम शेयरधनीले प्रति कित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ ।

कमेन्ट गर्नुहोस्