महाअभियोगबाट बच्न राजीनामाको प्रस्ताव आयो : चोलेन्द्र शमशेर जबरा

161
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Cholendra-Shamsher-jabara_1610101000-768×486.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Cholendra-Shamsher-jabara_1610101000.jpg 800w” sizes=”(max-width: 474px) 100vw, 474px” />

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्यायले प्रस्ताव गरेको दाबी गरे। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गरे। समितिको बयानमा जबराले भने, “राजीनामा दिए हामी सहजीकरण गछौँ । फिर्ता लिन्छौँ ।

एक डेढ महिना तपाईं काम गर्नुस्, त्यसपछि दीपक कार्कीलाई दिए हुन्छ भनेर त पोलिटिकल पार्टीका नेताहरू मकहाँ आएकै हुन् । मैले यो सार्वजनिक रूपमा खोलेको छु । मैले त खोलेको छु । तर यति हदसम्म जाँदा आज न्यायालय त ध्वस्त भयो, फेरि राजनीति पनि ध्वस्त नहोस् । सोध्ने हो भने नेपाली कांग्रेसको डिनाजीलाई सोध्नुस् । प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर आएको हो, हामी सबै फिर्ता लिन्छौँ । मिलाएर फिर्ता लिन्छौँ भन्नुभएको हो । मेरै क्वार्टरमा आएर भन्नुभएको हो ।”

आफूविरुद्धको महाभियोगमा राजनीतिक दलले सर्वोच्चका न्यायाधीश र बारलाई उपयोग गरेको आरोप जबराले लगाए । कतिपय वरिष्ठ अधिवक्ताहरूको सेटिङ भत्काउँदा आफूविरुद्ध आन्दोलन र महाभियोगको प्रश्न बनाइएको जबराको आरोप छ।

जबराले पूर्वन्यायाधीश समाज र न्यायाधीश समाजमाथि पनि गम्भीर आरोप लगाए । उनले दुवै संस्था विगतमा नेविसङ्घ र मण्डले जस्तै रहेको टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्