निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको बयान आज पनि हुँदै

155
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/02/Cholendra-Rana-e1581657924638-768×484.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/Cholendra-Rana-e1581657924638.jpg 1000w” sizes=”(max-width: 476px) 100vw, 476px” />

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदै छ । महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ ।

जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए ।

महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव निरर्थक भएको बताउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्