
शुक्रबार रातिबाट परेको अविरल बर्षाका कारण महाकाली नदीमा जलस्तर बढेको छ । महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन् ।
यसैगरी लास्कुखोलामा आएको दार्चुलमा बाढीले दर्जन बढी घर बगाएको छ। बाढीकाे त्रासले नदी तटिय क्षेत्रका मानिस रातिदेखिनै घरबाहिर निस्किएका छन् । बाढीले बंगाबगड क्षेत्रका केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।
डडेल्धुराको गैबन्दे र कञ्चनपुरको केही क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएकाले लोहोरेखोला, रंघुन, चौधर लगायत साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा सर्तकता अनपानउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
तटीय क्षेत्रहरू, पहिरो जानसक्ने भिरालो जमिनहरूमा बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

arthasanjal.com/wp-content/uploads/2022/09/mahakali-river-1024×573-1-768×430.jpg 768w, 






