कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, १५२ संक्रमित थपिए

286
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । आज ज्यान गुमाउनेसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार दुई सय ९४ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा एक सय ३३ जना संक्रमण मुक्त भएका छन् । अहिले नेपालमा दुई हजार चार सय ४८ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्