मु्क्तिनाथ क्यापिटलको एजीएम सम्पन्न

169
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1662637917muktinath-768×434.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1662637917muktinath.jpg 823w” sizes=”(max-width: 500px) 100vw, 500px” />

मुक्तिनाथ क्यापिटल लिमिटेडको १३ औँ बार्षिक साधारण सभा आज बिहीबार सम्पन्न भएको छ।

काठमाण्डौको नक्साल नारायणचौरस्थित क्यापिटलको केन्द्रीय कार्यालयमा संस्थाका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९–८० का लागि लेखापरिक्षक नियुक्ति गरेको छ।

यसका साथै विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्य सम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकलाई प्रदान गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्