नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय चर्चामा : पुरानैलाई सुधार गरेर अघि बढाउनुपर्ने तर्क

253
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/nepal-dhito-bor-1024×581.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/nepal-dhito-bor-768×436.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/nepal-dhito-bor.jpg 1275w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अहिले नेपालको धितोपत्र बजारमा दोस्रो स्टक एक्सचेञ्ज थप्ने कुराले चौतर्फी चर्चा पाएको छ । नयाँ स्टक एक्सचेञ्ज खोल्ने कुरा सडकदेखि सदनसम्म चर्चामा छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको सँगै यो विषयले चर्चा पाएको हो ।

यदि सरकारले नयाँ स्टक एक्सचेञ्ज खोल्न बाटो खोलिदिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेको छ । धितोपत्र बोर्ड हुँदै अर्थमन्त्रालय पुगेको संशोधन प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरिदिएपछि नयाँ स्टक एक्सचेञ्ज खोल्न बाटो खुलेको हो ।

केहीले पुरानै स्टक एक्सचेञ्जलाई सुधार गरेर अघि बढाउनुपर्ने तर्क गरिरहेका छन् भने केहीले नेपालमा अर्को स्टक एक्सचेञ्जको आवश्यकता रहेको बताइरहेका छन् ।

हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र धितोपत्र बजारमा लगानी गर्न पाउने व्यवस्था रहेको छ । प्राइभेट लिमिटेड कम्पनीले स्टक एक्सचेञ्जमा लगानी गर्न पाउँदैनन् । सोही व्यवस्था परिमार्जन गरी प्राइभेट लिमिटेड कम्पनीले पनि एक्सचेञ्जमा लगानी गर्न पाउने व्यवस्था थपिएको हो।

हाल न्यूनतम चुक्तापुँजी ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेकोमा नयाँ स्टक एक्सचेञ्जका लागि चुक्तापुँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधन गरिएको छ । अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्न सक्ने गरी नियमावली संशोधन गरिएको छ ।

सदनमा उठ्यो प्रश्न

केही व्यापारिक घरानालाई नयाँ स्टक एक्सचेञ्ज कम्पनीको लाइसेन्स वितरण गर्न मिल्ने गरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बाँड्न लागेको भन्दै सांसद एवं अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल आपत्ति जनाए । नेप्सेले के गर्न सकेन र हतारमा अर्को ल्याउनुप¥यो ? भन्दै उनले प्रश्न समेत तेर्स्याए ।

गत मंगलबारको प्रतिनिधिसभामा बोल्दै उनले अहिले सेयर बजारको गिरावट नेप्सेको कारणले नभएकाले नयाँ एक्सचेञ्ज कम्पनी थप्दैमा बजारमा सुधार नहुने बताए । उनले अहिलेको स्टक एक्सचेञ्जलाई नै सुधार गरेर अगाडि जानुपर्ने आवश्यकता औंल्याउँदै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गरे ।

नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ ?

बजार विश्लेष्ण मुक्ति अर्याल नयाँ ल्याइहाल्ने भन्दा पनि पहिला भएको स्टक एक्सचेञ्जलाई व्यवस्थित गर्नुपर्ने बताउँछन् । ‘नयाँ ल्याउन मिल्दैन भन्न मिल्दैन तर अहिले हामीसँग नयाँ स्टक एक्सचेञ्ज छँदै छ । यसलाई के गर्ने भन्ने कुरा हो । यसलाई व्यवस्थापन गरेर अर्को ल्याउँदा राम्रो हुन्थ्यो ।’ अहिले भइरहेको नेपाल स्टक एक्सचेञ्जलाई प्राइभेटाइज गरेर मात्र नयाँ स्टक एक्सचेञ्ज ल्याउँदा राम्रो हुने बताए ।

‘प्रतिस्पर्धाको पछाडी दौडिनुभन्दा पनि वास्तवमा स्टक एक्चेञ्जले गर्नुपर्ने काम के हो र त्यो काम नेप्सेले गरेको छ कि छैन भनेर हेर्नुपर्छ । स्टक एक्सचेञ्जले गर्नुपर्ने काम भनेको सार किनबेचको लागि एउटा प्लेटफर्म दिनु हो । त्यो काम त स्टक एक्सचेञ्जले गरिरहेकै छ नि । यहाँ के पुगेनर र नेप्सेले नगरेको काम अर्कोले गर्छ भन्ने कुरा चाहिँ आएको छैन । एउटा हुँदै हुँदै अर्को एक्सचेञ्जको जरुरी छैन ।’ नाम नबताउने शर्तमा नेप्सेका एक अधिकारीले भने ।

उनी भन्छन्, ‘स्टक एक्सचेञ्जमा प्रतिस्पर्धा भन्ने कुरै हुँदैन । विश्वका जुन देशमा स्टक एक्सचेञ्ज छ, त्यहाँ एउटा एउटा मात्र छ । २ वटा स्टक एक्सचेञ्ज एकदम थोरै मुलुक भारत, चीन, अमेरिका, बंगलादेशलगायत देशमा मात्र छ । खासमा सरकारले भएको यही स्टक एक्सचेञ्जलाई सुधारमा जोड दिनुपर्थ्यो । नेप्सेले के नगरेको हो र के गर्नुपर्ने हो भन्ने उपायको चाँही खोजि हुनुपर्थ्यो ।’

के छ संसोधनमा ?

नयाँ स्टक एक्सचेञ्जका लागि न्यूनतम चुक्तापूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधन गरिएको छ । हाल चुक्तापूँजी ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी संशोधन नियमावलीमा अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
संशोधित नियमावलीमा कुनै एक संगठित संस्था वा कम्पनीले नयाँ स्टक एक्सचेञ्जमा लगानी गर्न सक्ने सीमा पनि बढाइएको छ ।
हाल कुनै एक कम्पनी वा संगठित संस्थाले स्टक एक्सचेञ्जको चुक्तापूँजीको १० प्रतिशतभन्दा बढी हिस्सा ग्रहण गर्न नपाउने व्यवस्था छ । त्यसलाई बढाएर १५ प्रतिशत पु¥याइएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार आगामी दशैं अगाडि नै प्रक्रिया पूरा गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिइनेछ ।

 

कमेन्ट गर्नुहोस्