
आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुले रोकिएको छ ।
बुधबार सेयर बजार ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा कारोबार रोकिएको थियो ।
यता ठुला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड ३७ लाख ९ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ६ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ७ वटा समूहको सेयर मूल्य घटेको छ ।
आज ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/sharbajar.jpg 670w” sizes=”(max-width: 500px) 100vw, 500px” />






