प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच छुट उपलब्ध गराउने सम्झौता

171
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1662555359Photo-768×575.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1662555359Photo.jpg 823w” sizes=”(max-width: 401px) 100vw, 401px” />

प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच आज बुधबार विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मि पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स विभागका प्रमुख रमेश सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गर्ने ग्राहकले डिश होम टीभीÞ र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकले  प्रभु बैंकमा  खाता खोली बैंकिङ कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ता तथा डिश मिडियाका सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ।

कमेन्ट गर्नुहोस्