प्रभु बैंकका ग्राहकलाई अर्बन बुटिक होटलमा छुट पाउने

259
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/kk-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/kk.jpg 900w” sizes=”(max-width: 450px) 100vw, 450px” />

प्रभु बैंकका ग्राहकले अर्बन बुटिक होटलमा छुट पाउने भएका छन् ।  प्रभु बैंक र पोखरा स्थित अर्बन बुटिक होटल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र अर्बन बुटिक होटलका तर्फबाट शकुन्तला गुरुङ्गले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले अर्बन बुटिक होटलद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सम्झौता अन्तर्गत अर्बन बुटिक होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अर्बन बुटिक होटल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्