ग्लोबल आइएमई बैंकको २७३औँ एटीएम बुटवलको देवीनगरमा

335
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/gg-1-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/gg-1.jpg 823w” sizes=”(max-width: 400px) 100vw, 400px” />

ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ।

उक्त एटीएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रुपमा गरेका छन्।

एटीएम सेवा उद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटीएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताए।

कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीको ठूलो उपस्थिति थियो।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

कमेन्ट गर्नुहोस्