कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने म्याद थप

Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Kumari_20201021205843-1024×273.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/Kumari_20201021205843-768×205.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Kumari_20201021205843.jpg 1500w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकले गत भदौ १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज भदौ २१ गते बैंकिङ समयपछि हुने भनिएको थियो।

मागबमोजिम आवेदन नपरेकोले अब यो ऋणपत्रका इकाइहरु भदौ ३१ गतेसम्म बिक्री खुला गरिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको हो। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ छुट्याइएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्।

यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। मेरो सेयरबाट अनलाइन खरिद आवेदन पेस गर्न सकिनेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

कमेन्ट गर्नुहोस्