
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भदौ २६ देखि नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने भएको छ । यो सँगै बैंकहरुले सर्वसाधारणलाई दशैँ, तिहार र छठका लागि भदौ २९ गतेबाट नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् भने बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/naya-note-768×441.jpeg 768w, 






