नेपालमा थपिए दुई सय कोरोना संक्रमित

303
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/04/corona-e1624250617156-1024×478.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/04/corona-e1624250617156-768×358.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/04/corona-e1624250617156.jpg 1050w” sizes=”(max-width: 500px) 100vw, 500px” />
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ३७ जनाको परीक्षण गर्दा दुई सय जनामा संक्रमण पुष्टि भएको हो ।

१३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । दुई संक्रमितको निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ ।

कमेन्ट गर्नुहोस्