
भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढएर पठाएको हो ।
याँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ ।
आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।
हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/Desel_Petrol_Nepal_Oil_Nigam_OP-1-1024×576.jpg 1024w, 






