एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देशसहितको भिडियो सार्वजनिक (भिडियोसहित)

189
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/bank-10.jpg 725w” sizes=”(max-width: 500px) 100vw, 500px” />

देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ। यसका साथै अधिकतम बल, बुद्धि र विवेकसहितको अठोटले कठिन उचाइहरुसमेत सहजै चुम्न सकिने सन्देशसमेत भिडियोमार्फत दर्शाइएको छ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धिहरुलाई मनन् गर्दै हाल पाँचवर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ। जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको छ।

कमेन्ट गर्नुहोस्