छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बिमा बापतकाे ५० प्रतिशत रकम तिरिदिने

227
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/chathar-jorpati.jpg-1-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/chathar-jorpati.jpg-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/chathar-jorpati.jpg-1-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/chathar-jorpati.jpg-1.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />
छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिककाे ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएकाे छ । स्वास्थ्य बिमाकाे लागि रकम तिर्न नसक्दा उपचारमा लाखाैं खर्च गर्न परेकाे र बिमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेकाे स्थिति राेक्न पालिकाले आधा  मै बिमा गरिदिन लागेकाे हाे ।

नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएकाे छ ।

गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘हामी निर्वाचत भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम अघि सारेका हौ । गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नाै सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने ।

यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् । स्वास्थ्य बिमाको बारे गाउँगाउँमा महत्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहात पाउने भएका छन् ।

गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरीसकेका सुत्केरीलाई एकमुष्ठ नाै हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्