सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋणभार ६९ हजार

335
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/rin-1-768×427.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/rin-1.jpg 900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार सरकारले  तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा नेपालले तिर्न बाँकी ऋण​ १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो । यस्तो ऋणको भार बढेर गत असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको हो ।

सरकारले गत आर्थिक वर्ष । २०७८/७९ मा मात्र २ खर्ब ३८ अर्ब रुपैयाँ लिनेगरी सम्भौता गरेको थियो । जसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो ।

राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकअनुसार सरकारी सार्वजनिक ऋणले नेपालीको प्रतिव्यक्ति ऋण​भारसमेत बढेर प्रतिव्यक्ति ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्