
जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । जजिराले आगामी भदौ ३१ गतेबाट कुबेतका लागि नियमित उडान गर्ने भएको हो ।
सातामा ३ उडान गर्दै आएको जजिराले अब भने सातामा सातै दिन उडान गर्ने भएको हो । जजिराले सोमबार, मंगलबार र शुक्रबार उडान गरिरहेको छ ।
चाडपर्व नजिकिएकाले यात्रुको संख्या बढेकाले उडान संख्या पनि थप गरिएको एयरवेजले जनाउनु भएको छ ।
जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिराले मात्रै अन्तराष्ट्रिय उडान गरिरहेको छ । केही दिन अघि हिमालयन एयरलाइन्सले पनि परीक्षण उडान गरेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/biman-768×454.jpg 768w, 






