पिपुल्स पावरको आइपीओ आज बाँडफाँट हुँदै

172
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/IPO_3jH6QEK2ve_c35YwhGz52-1024×520.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/IPO_3jH6QEK2ve_c35YwhGz52-768×390.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/IPO_3jH6QEK2ve_c35YwhGz52.jpg 1300w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो ।

कमेन्ट गर्नुहोस्