गठबन्धन गरेर चुनाव लड्नु ठगी हो : रवि लामिछाने

157
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/rabi-lamichhane-768×420.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/rabi-lamichhane.webp 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नुलाई ‘गठी’को संज्ञा दिएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै उनले विभिन्न पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् ।

सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिए । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने, ‘राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।’

उनले बा पुस्ताका नेताहरुलाई आगामी चुनावमा नजिताउन समेत आग्रह गरे । रास्वपको पहिलो राष्ट्रिय भेलामा देशभरबाट आएका पार्टीका प्रतिनिधि तथा शुभचिन्तकहरु सहभागी छन् ।

कमेन्ट गर्नुहोस्