एमाले पोलिटब्युरो बैठक जारी

229
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/3-1024×449.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/3-768×337.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/3-1536×674.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/3.jpg 1888w” sizes=”(max-width: 500px) 100vw, 500px” />
प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला गर्ने निर्णय गरेको थियो ।

आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।

कमेन्ट गर्नुहोस्