नेप्से बढे पनि साढे एक अर्बको मात्र कारोबार

100344
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/shera-1024×538.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/shera-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/shera.jpg 1400w” sizes=”(max-width: 500px) 100vw, 500px” />
साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो ।

आज नेप्से २.८७ अंकले बढेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर र मन्दाकीनी हाइड्रोपावर सेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको सेयर किनबेच भएको छ । काबेलीको १६ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्