नबिलले ल्यायो ‘नबिल ढुक्क मुद्दति खाता’, दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सकिने

237
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/nmb-150×150.jpeg 150w, arthasanjal.com/wp-content/uploads/2022/08/nmb-768×768.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/nmb.jpeg 823w” sizes=”(max-width: 300px) 100vw, 300px” />

नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दति खाता’ बजारमा ल्याएको छ।

‘नबिल ढुक्क मुद्दति खाताअन्तर्गत ग्राहकले मुद्दतिमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बरदेखि दसगुणासम्म रकम प्राप्त गर्न सक्नेछन्।

यो मुद्दति योजना नेपालमा आर्जित तथा विप्रेषणमार्फत नेपाल प्राप्त रकममा खोल्न सकिनेछ। नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दति खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

विप्रेषणअन्तर्गत खोलिने ढुक्क मुद्दति खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ।

यो खाताअन्तर्गत ग्राहकले रु. ३ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन्।

कमेन्ट गर्नुहोस्