बरामद गरिएका फाइलको अनुसन्धान रोक्न न्यायाधीशलाई अनुरोध

222
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/thumb-19-768×465.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/thumb-19.jpg 1000w” sizes=”(max-width: 495px) 100vw, 495px” />

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान व्युरो (एफबीआई)को अनुसन्धानमा आफ्नो घरबाट बरामद गरिएका फाइलबारे कानुन मन्त्रालयले अनुसन्धान रोक्न न्यायाधीशलाई अनुरोध गरेका छन् ।

मार–ए–लागोबाट एजेन्टले जफत गरेका कागजातबारे निरीक्षण गर्न एउटा स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने उनको कानुनी समूहले अदालतमा गरेको एउटा निवेदनमा माग गरिएको छ ।

एफबीआईका अनुसार ८ अगस्टमा ट्रम्पको घरजग्गाबाट एघार सेट वर्गीकृत फाइलहरू लगिएको थियो । कागजातहरू गलत ह्यान्डल गरेको आरोपमा ट्रम्पमाथि अनुसन्धान भइरहेको छ ।

जफत गरिएका कागजातमाथि कार्यकारी विशेषाधिकार छ वा छैन भन्ने बारेमा सोमबार उनका वकिलहरूले एक विशेष मास्टर भनेर चिनिने तेस्रो–पक्ष न्यायाधिवक्ता नियुक्त गर्न माग गरे । यसअधिकार अन्तर्गत निश्चित सञ्चार सार्वजनिक गर्नबाट रोक्न राष्ट्रपतिलाई अधिकार दिन्छ । विशेष मास्टरहरू सामान्यतया आपराधिक मुद्दाहरूमा नियुक्त हुन्छन्,जहाँ केही प्रमाणहरू अधिवक्ता–ग्राहक विशेषाधिकारअन्तर्गत सुरक्षित हुन सक्छन ।

कमेन्ट गर्नुहोस्