एनएमबी बैंकको थप सात शाखामा महिला शाखा प्रमुख हुने

253
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/f-2-768×443.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/f-2.jpg 900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

एनएमबी बैंकको थप सातवटा शाखामा महिला प्रमुख हुने भएका छन् । सोमबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै छ प्रदेशका सातवटा शाखामा महिला शाखा प्रमख हुने जानकारी दिएको हो ।

प्रदेश नम्बर एकको टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरीमा रहेको शाखामा मालिका ठाकुर शाखा प्रमख रहने भएकी छिन् भने बागमती प्रदेशकोे बल्खुमा रहेको एनएमबी बैंककोे शाखामा प्रफुल्ला मानन्धर शाखा प्रमुख रहने बैंकले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको चौथे शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा रहेको शाखामा शाखा प्रमुख सिता भुसाल र सुदुरपश्चिम प्रदेशको धनगढी शाखामा नन्द कुमारी भण्डारी शाखा प्रमुखमा  रहने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्