पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण: एकको मृत्यु

244
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

पछिल्लो २४ घण्टामा देशभर थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ३८१ र एन्टिजेनबाट ३ हजार २६२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४०५ र एन्टिजेनबाट २५३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका अनुसार यही अवधिमा थप ४५६ जना कोरोनामुक्त भएका छन् भने संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार थपिएकासँगै कुल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्