
साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक ७.४१ अंकले घटेर परिसूचक २०५३.१३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४७ अंकले घटेर ३९७.११ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँमा किनबेच भएको छ । आज कुल १३ उपसमूहमा १३ वटै सूचक राताम्य बनेका छन् ।
कारोबारमा अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी रहेको छ । कम्पनीको २८ करोड १८ लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/04/share-bazar-down.webp 702w” sizes=”(max-width: 468px) 100vw, 468px” />





