
तीन वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा माथि पुगेको छ । साउनमा नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक र नेपाल बैंकको सीडी रेसियो सीमा माथि पुगेको हो ।
साउन मसान्तमा सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकको सीडी रेसियो ९१.६३ प्रतिशत, नबिल बैंकको ९०.९२ प्रतिशत र नेपाल बैंकको ९०.७२ प्रतिशत पुगेको छ । गत वर्षको असार मसान्तमा यी तीन वटै वाणिज्य बैंकले सीडी रेसियो ९० तल ल्याएका थिए ।
आर्थिक वर्षको पहिलो महिनामा यी तीन वाणिज्य बैंकको सीडी रेसियो ९० माथि पुगेको हो ।गत असारमा औषतमा वाणिज्य बैंकको सीडी रेसियो ८६.४१ प्रतिशत थियो । साउनमा बैंकहरुको औषत सीडी रेसियो १.६६ प्रतिशतले बढेर ८८.०७ प्रतिशत पुगेको छ ।
नबिलले नेपाल बंगलादेश (एनबी) बैंकलाई आफूमा समाहित गरेका कारण उसलाई २०८० असारसम्म सीडी रेसियो ९० प्रतिशतको सीमा भन्दा माथि राख्न नियमकीय छुट रहेको छ ।
साउनमा तीन वटै बैंकको सीडी रेसियो नेपाल राष्ट्रको तोकेको सीमा नाघेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको सीडी रेसिया ९० प्रतिशत तल राख्नपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको सीमा मिचेर यी तीन बैंकले सीडी करिब ९१ प्रतिशतमा पुर्याएका छन् ।
साउनमा सबैभन्दा कम प्रभु बैंकको सीडी रेसियो ८२.२८ प्रतिशत कायम राख्न सफल भएको छ । बैंकहरुको जति सीडी रेसियो कम हुन्छ, त्यती नै बैंक कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेको बुझिन्छ । साउनमा वाणिज्य बैंकको औषत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/bank-6-1024×576.jpg 1024w, 






