महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न

203
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/PHOTO-2022-08-21-15-30-53-1-1024×461.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/PHOTO-2022-08-21-15-30-53-1-768×346.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/PHOTO-2022-08-21-15-30-53-1.jpg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो ।

करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए ।

तालिमको समापन अवसरमा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताए । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आईरहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सूचना प्रबिधिमा महिला नामक संस्थाकी अध्यक्ष गुण केशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्वरसँग सहकार्य गर्न गरिएको बताइन् ।

महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यस अघि फोटोग्राफी, मैनवत्ती बनाउने तथा बेकरी तालीम आयोजना गरिसकेको छ ।
नेपाल महिला चेम्वरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताइन् ।

कमेन्ट गर्नुहोस्