
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूखुशी शुल्क नउठाउन विद्यालयहरूलाई आग्रह गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै प्रचलित कानुनले बन्देज गरेका शीर्षकहरूमा विद्यार्थीहरूबाट शुल्क नउठाउन सबै सामुदायिक विद्यालयहरूलाई आग्रह गरेका हुन् ।
सुर्खेतको जन नमुना माध्यमिक विद्यालयले विना रसिद विद्यार्थीहरूबाट रकम लिएको विषयमा अख्तियारले छापा मारेको थियो । उक्त विद्यालयले कक्षा ११ को प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई भर्नाका लागि भन्दै अनावश्यक शुल्क लिएको थियो । बढी शुल्क लिइरहेको भन्दै अख्तियारमा उजुरी समेत परेको थियो । उजुरी परेपछि अख्तियारले छापा मार्दै विना रसिद विभिन्न विद्यार्थीबाट लिइएको २ लाख ७६ हजार ६९० रूपैयाँ नगद र सो सम्बन्धि कागजातहरू नियन्त्रणमा लिएको थियो ।
नेपालको संविधान, शिक्षा ऐन २०२८, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली २०७७ लगायत प्रचलित कानुनले बन्देज गरेका शीर्षकहरूमा विद्यार्थीहरूबाट शुल्क नउठाउन मन्त्रालयले निर्देशन दिएको हो । सहयोगदाताबाट प्राप्त सहयोग स्थानीय तहको अनुमतिमा विधि र प्रकृया पुरा गरेर मात्र लिन मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
i0.wp.com/www.onlinepana.com/wp-content/uploads/2022/08/minisrty_press_release-scaled.jpeg?resize=768%2C1057&ssl=1 768w, i0.wp.com/www.onlinepana.com/wp-content/uploads/2022/08/minisrty_press_release-scaled.jpeg?resize=1116%2C1536&ssl=1 1116w, i0.wp.com/www.onlinepana.com/wp-content/uploads/2022/08/minisrty_press_release-scaled.jpeg?resize=1488%2C2048&ssl=1 1488w, i0.wp.com/www.onlinepana.com/wp-content/uploads/2022/08/minisrty_press_release-scaled.jpeg?w=1860&ssl=1 1860w” alt=”” width=”720″ height=”991″ data-recalc-dims=”1″ />

arthasanjal.com/wp-content/uploads/2022/08/education-I-768×522.webp 768w, 





