सेबोनले दियो कुमारी बैंकलाई रु.३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

167
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/12/Kumari_Bank-1024×584.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2021/12/Kumari_Bank-768×438.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2021/12/Kumari_Bank.jpeg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड सेबोनले कुमारी बैंकलाई ‘केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले ११ प्रतिशत ब्याजर पाउनेछन्।

कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कमेन्ट गर्नुहोस्