देवाही गोनाहीमा सुबिधा सम्पन्न नगर अस्पताल संचालनमा ल्याउने तयारी

271
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Dewai-Gunai-1024×769.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/Dewai-Gunai-768×577.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Dewai-Gunai-1536×1153.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/Dewai-Gunai.jpg 1734w” sizes=”(max-width: 400px) 100vw, 400px” />
रौतहटको देवाही गोनाही नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा  ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भवन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो ।

सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदै ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समेत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।

नगरका बवपन्न, गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उदेश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबीबीएस चिकित्सकले २४ घण्टा सेवा दिने गरि १५ शैयाको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।

अस्पतालमा आधुनिक उपचारका उपकरणहरु भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्