
नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँ झरेको छ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थिया।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्









