राधी विद्युतको १४७ प्रतिशत हकप्रदमा बुक क्लोज निर्धारण

245
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/radhi.jpg 750w” sizes=”(max-width: 500px) 100vw, 500px” />
राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयरमा बुक क्लोज मिति तय भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रदमा १२ भदौमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, ११ भदौसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

यता, कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १ः१४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

कमेन्ट गर्नुहोस्