संघीयता खारेजको होइन, सुधारको माग गरेका हौंः रवि लामिछाने

236
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/66-3-1024×551.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/66-3-768×414.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/66-3-1536×827.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/66-3-2048×1103.jpg 2048w” sizes=”(max-width: 500px) 100vw, 500px” />
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए ।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’

कमेन्ट गर्नुहोस्