
ऋणपत्रको अवधि सात वर्ष रहनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका एक अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
सोमध्ये ४० प्रतिशत अर्थात् ४४ करोड रुपैयाँ बराबरको चार लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।
ऋणपत्र खरिदका लागि छिटोमा ७ भदौसम्म आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि १६ भदौसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

arthasanjal.com/wp-content/uploads/2022/06/bok-bank-of-kathmandu-Arthasanjal-768×499.jpg 768w, 






