शुभलक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

171
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Laxmi-Capital-768×567.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Laxmi-Capital.webp 800w” sizes=”(max-width: 406px) 100vw, 406px” />
लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने बिहीबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लक्ष्मी क्यापिटलले १९ साउनदेखि ‘शुभलक्ष्मी कोष’ को कुल पाँच करोड इकाइ निष्कासन गरेको हो । जसमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी चार करोड ७५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्