तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ

184
0
Share:

आज बुधबार तोलामा ५ सय रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार मूल्य ९६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको कारोबार मूल्यमा पनि गिरावट छ। तोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ भएको छ। मंगलबार १५ रुपैयाँ घट्दा प्रतितोला १२ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७८२.१० डलर रहेको सुन घट्दै बुधबार प्रतिऔंस १७७८.९५ डलर भएको छ। चाँदी प्रतिऔंस २०.२० डलरमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्