
प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।
श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै निहारिकाले बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको माग गर्दै अनसन बस्दै आएकी छन् । वसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् । राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरेकाे हाे ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/01/pakrau.jpg1600956052-768×460.jpg 768w, 






