
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन विवेकशील साझा पार्टीले पनि दल दर्ता गरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा मंगलबार दिउँसो विवेकशीले दल दर्ता गरेको छ ।
सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले २२ साउनदेखि ३१ साउनसम्ममा उक्त निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ताको समय दिएको थियो । उक्त समयावधि आज मंगलबार सकिँदै छ ।
दद दर्ताको अन्तिम दिन मंगलबार अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/Nirbachan_nirwachan_elecion-768×576.webp 768w, 





