फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

266
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Desel_Petrol_Nepal_Oil_Nigam-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Desel_Petrol_Nepal_Oil_Nigam-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Desel_Petrol_Nepal_Oil_Nigam-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/Desel_Petrol_Nepal_Oil_Nigam.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

तर, नेपाल आयल निगमले सो समयमा भने मूल्य घटाएको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारीनै रहेको छ । यो भाउ अझै घट्ने अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य  प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ ।

कमेन्ट गर्नुहोस्